प्रदेश प्रमुखहरुको नियुक्तिका लागि नेकपाको सचिवालय बैठक जारी
काठमाडौ., १८ कात्तिक । नयाँ प्रदेश प्रमुख नियुक्तिका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बालुवाटारमा भैरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने जनाइएको छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । आइतबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ७ वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेकी थिइन् ।
उनीहरुको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा प्रदेश प्रमुखहरु नियुक्त गरेका थिए ।
प्रतिक्रिया