नेकपाले टुंग्यायो सात प्रदेशका प्रमुखहरुको नाम
काठमाडौं, १८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सकिएको बैठकले सात जनाको नाम छानेको हो।
बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको बताए ।
केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ।
प्रतिक्रिया