नेपाली डाक्टरका लागि राष्ट्रसंघ शान्ति सेनामा काम गर्नु जीवनभर अवसर

नेपाली डाक्टरका लागि राष्ट्रसंघ शान्ति सेनामा काम गर्नु जीवनभर अवसर

नेपाली डाक्टरका लागि राष्ट्रसघंको शान्ति सेनामा काम गर्न पाउनु  जीवनभर अवसर हुने गरेको  शान्ति सेनामा काम गर्ने डाक्टरहरूको बुझाइ रहेको छ ।

हालै मात्र अफ्रिकी मुलुक सुडानको डारफुरबाट फर्किएकी क्याप्टेन पूनम खडाकाले यस्तो अनुभव सुनाएकी छिन् ।

राष्ट्रसंघको शान्ति सेनामा नेपाली  सेनाका महिला पुरूषहरूले ६० वर्ष भन्दा बढी समयदेखि त्याग र बलिदानको नमूना प्रस्तुत गर्दै आएका छन् । विश्वका विभिन्न कठिन अवस्थामा शान्ति सेनाको रूपमा नेपाली सेनाले द्वन्द्वरत क्षेत्रमा कार्य गर्दै आएको छ ।

फर्किनु अघिको एक अन्तर्वार्तामा डाक्टर क्याप्टेन खडकाले आफू सैनिक पारिवारिक वातावरणमा हुर्केर डाक्टर बनेको र सैनिक सेवामा सहभागी भएको बताइन् । सन् २०११ मा नेपाली सेनामा प्रवेश गरेकी खड्काले सैनिक अस्पतालमा काम गरेकी थिइन् । सन् २०१७ को मध्यतिर राष्ट्रसंघीय नियोगमा जिम्मेवारी पाएकी खड्काले अफ्रिकी मुलुका विभिन्न ठाउँमा सेवा दिएर देश फर्केकी हुन् ।  
यसअघि सन् २०१४ देखि सन् २०१५सम्म कंगोमा राष्ट्रसंघीय मिसनलाई उनले सघाएकी थिइन् ।

रोगीहरूको सेवामा खटिएका शान्ति सेनाले चौबीसै घन्टा खटिनुपर्ने  उनले जनाइन् । सामान्यरूपले दैनिक ६ घन्टाको ड्युटी भए पनि रोगी र आकस्मिक विरामीको हेरचाहको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ ।