कुन प्रदेशमा को प्रमुख ?
१८ कार्तिक, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् ।
सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दिएको सुझावको आधारमा प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
सिरहाका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी शर्मिला त्रिपाठी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम छानेको थियो ।
सिफारिसमा परेका मध्ये ४ जना पूर्व एमाले र ३ जना पूर्व माओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्व एमालेका हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिका हुन् ।
माधव नेपालले यो सिफारिसलाई एकलौटी भएको भन्दै नोट अफ डिसेण्ट लेखेका छन् ।
पार्टीले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको हो । मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् ।
प्रतिक्रिया