चिनियाँ राष्ट्रपति सी भन्छन् “ पर्खाल भत्काउनुपर्छ ”

चिनियाँ राष्ट्रपति सी भन्छन् “ पर्खाल भत्काउनुपर्छ ”

काठमाडौ । चिनियाँ अर्थतन्त्रलाई अझ खुला गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रपति सी चिनफिङले विश्वले पर्खालहरू भत्काउनुपर्ने बताएका छन् ।

सांघाइमा आयोजित वार्षिक व्यापार मेलाको उद्घाटन गर्दै राष्ट्रपति सीले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको उपस्थिति थियो ।

चीनले बन्द बजारको रूपमा रहेको आरोप लागि रहेका बेला चिनियाँ राष्ट्रपति सीले यस्तो जनाए ।

सीले भने “ विश्व समुदायले पर्खाल बनाउनुको साटो निरन्तर पर्खाल भत्काउनुपर्छ , संरक्षणवाद र एकाधिकारवादको विरोध गरी व्यापारका बाधाहरू हटाउने कामलाई निरन्तरता दिनुपर्छ ।” 

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिका चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धिमा हानी पुगेको बताए ।