आरसीइपीमा भारतलाई ल्याउन चीनले पहल गर्ने

आरसीइपीमा भारतलाई ल्याउन चीनले पहल गर्ने

काठमाडौ । दक्षिणपूर्व एसियाली सहित देशहरूको व्यापारिक संठगठन आरसीइपीमा भारतलाई सामेल गराउन चीनले पहल गर्ने भएको छ ।

यो व्यापारिक संगठनमा जाँदा भारतले आफ्नो अर्थतन्त्रका लागि गुमाउने विषयमा ध्यान दिएर सामेल नहुने जनाएपछि चीनले यस्तो जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले यो विषयलाई आपसी समझदारी र समन्वय गरी सुल्झाइने जनाए ।

प्रवक्ता गुङले भने “ भारतसँग हामी यो विषयमा सक्दो छिट्टो छलफल गर्छै । यसमा हामी भारतलाई सामेल गराउन चाहेका छौं ।  भारतसँग २.७ अर्ब मानिस भएको विशाल बाजÞार छ । चीन र भारत दुबै मिलेर काम गरे दुबैलाई फाइदा हुनेछ । भारतका चिन्ता र चासोहरूलाई हामी सबै १५ देशले विचार गरी आपसी समझदारी तथा सहमतिका अधारमा सुल्झाउने छौं ।”

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले १५ देश सामेल भएकोमा खुशी व्यक्त गरेका छन् । साथै यसमा भारत पनि छिट्टै सामेल हुने सीले विश्वास व्यक्त गरे ।

भारतका चासोहरूलाई यो व्यापारिक सम्झौतामा समाधान नगरिएकोले यसमा सामेल हुन नसकिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका थिए ।