नेपालमा अमेरिकाले खतरनाक योजना बुन्दै
काठमाडौ ।पर्राष्ट्रका अधिकारीहरूले नेपालमा अमेरिकी योजना खतरनाकढङ्गले आउन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाको विदेश मन्त्रालयले सन् २०१८को आतंकवादसम्बन्धी प्रतिवेदनमा उल्लेख गरेको विषयहरू खतरनाक ढङ्गले आइरहेको उनीहरूको बुझाइ रहेको छ ।
सार्वजनिक गरिएको सो प्रतिवेदनमा भारतीय मुजाहिदीन आतंकवादी समूहको सक्रियताप्रति अमेरिकाले चिन्ता जनाएको छ ।
यो समूह सन् २००५देखि भारतका विभिन्न ठाउँमा बिस्फोटन गराई सयौंको ज्यान लिने आंतकवादी समूहकोरूपमा रहेको उल्लेख गर्दै यसको नेपालमा भइरहेको गतिविधिबारे अमेरिकाले सत्तर्क गराएको हो ।
प्रतिवेदनमा नेपालसँगको खुला सिमाना र हवाइ यातायातमा सुरक्षासम्बन्धी प्रणालीका कतिपय खुकुलो विषयका कारण सो समूहले नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट विन्दु बनाएको जनाइएको छ । त्रिभुवन विमानस्थलमा डकुमेन्टहरूको परीक्षण गर्नका लागि अल्ट्राभायलेट किरण सहितको उपकरणहरूको अभवा रहेको जनाइएको छ ।
नेपाल प्रहरीको विशेष ब्युरोले आतंकवाद विरोध गतिविधिका लागि प्रत्यक्ष जिम्मेवार कानुनी निकाय हो । यो निकायमा करिब १२० अधिकारीहरू रहेका छन् । यो ब्युरोमा आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट अधिकारीको पदपूर्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपाली सेनाको विशेष दलले आतंकवाद विरोध गतिविधिमा बन्धक छोडाउने कामका बारेमा तालिम प्राप्त हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
करिब १० जना विमानस्थलमा र १५ जना अधिकारी इन्टरपोलको राष्ट्रिय कार्यालयमा क्रियाशील हुन्छन् ।
यसैगरी पाकिस्तानी आतंकवादी संगठन लश्कर तोएबा, जेश ए मोहम्मद र हरकत उल जिहादी इश्लामीलगायतका संगठनको हातेमालोमा नेपालमा सबै भन्दा ठूलो अड्डा बनाएको उल्लेख गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
भारतीय मुजाहिदीनको पहिलो उद्देश्य भारतमा आतंकवादी घटना गराउनु रहेको छ । यसका लागि उनीहरूलाई पाकिस्तान र मध्यपूर्वका देशबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
नेत्र विक्रम चन्द विप्लव समूहले हल्काफुल्का हिंसात्मक घटना गरेको भएपनि अहिलेसम्म ठूलो घटना नभएको समेत जनाइएको छ ।
नाम नबताउने परराष्ट्रका ती अधिकारीका अनुसार यो विषयमा सचेत नभए र आवश्यक ठाउँमा प्रतिरोध नजनाए यस्ता गतिविधिले नेपाली सार्वभौमिकता खतरामा पर्न सक्ने देखिएको छ ।
भारतसँगको सीमा विवाद, अमेरिकाको प्रतिवेदनजस्तो विषय आफैमा गम्भीर रहेको उनले जनाए ।
प्रतिक्रिया