महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो, उहाँले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्छः प्रचण्ड
काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराले नैतिक कमजोरी गर्दै पार्टी र नेताहरुलाई ढाँटेर गम्भीर गल्ती गरेको बताएका छन् ।
बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो,’ बुधबार दाङमा सञ्चारकर्मीहरु प्रचण्डले भने, ‘म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गर्नुभयो ’।
महराको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया