टुङ्गो लगाउन बाँकी विषय दुई अध्यक्षको जिम्मा 

टुङ्गो लगाउन बाँकी विषय दुई अध्यक्षको जिम्मा 

काठमाडौं । एकीकरणका जति पनि काम वाँकी छन् ती सबैमा दुई अध्यक्षले गृहकार्य गरेर प्रस्ताव तयार गर्ने भएपछि नेकपाले पार्टी एकीकरण कार्यदलको काम सकिएको छ । 

कार्यदलले टुङ्याउन नसकेको विषयहरु दुई अध्यक्षले टुङ्गो लगाउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको काम सकिएको जानकारी दिएको हो । शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने जनाइएको छ । 

गत पौष १३ मा बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट प्रदान गरिएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’