राष्ट्रियताको मुद्दामा सबै कम्युनिष्ट र गैर कम्युनिष्टहरु एक जुट हुन देब गुरुङको अपिल
काठमाडौं, २० कात्तिक । सत्तारुढ नेकपाका नेता तथा सांसद देबप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता माथि गम्भीर संकट बढ्दै गएको उल्लेख गरेका छन् ।
हालै भारतीय सरकारले प्रकाशित गरेको भारतको नक्शामा लिपु लेकदेखि लिम्पियाधुरा सम्मको भूभाग भारतमा पारिएको, नेपालमा भारतीय मुजाहिदिन आतंकवादी चलखेलको थलो बनेको भनी अमेरिकी सरकारको रिपोर्ट सार्बजनिक भएको, ईण्डो–प्यासिफिक सैन्य गठबन्धनको अमेरिकी सरकारको बढ्दो रणनीति लगायतका घटना क्रमहरुले त्यो पुष्टि गरेको गुरुङको भनाई छ ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्रीसमेत रहेका गुरुङले यस स्थितिमा नेपालका सम्पूर्ण कम्युनिष्टहरु एकताबद्ध हुँदै गैर कम्युनिष्ट राजनीतिक दलहरु सँग समेत राष्ट्रियताको मुद्दामा सहकार्य गर्दै राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति एक जुट हुन अपिल गर्नुपर्ने जनाएका छन् ।
प्रतिक्रिया