द्वितीय विश्वयुद्धयताको वैश्विक वित्तीय प्रणालीमा खतरामा

द्वितीय विश्वयुद्धयताको वैश्विक वित्तीय प्रणालीमा खतरामा

बैंकिङ क्षेत्रका एक अर्बपति बैंकरले द्वितीय विश्वयुद्धयताको वैश्विक वित्तीय प्रणालीमा खतरा उत्पन्न भएको चिन्ता व्यक्त गरेका छन् । ज्याकब रोथ्स्चाइल्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

विश्व आर्थिक प्रणालीलाई जोखिममा पारिरहने सर्वाधिक मुख्य विषयहरूमा अमेरिका र चीनबीच जारी व्यापार युद्ध र युरोजोनमा देखापरेको संकट रहेको उनले जनाए ।

“अमेरिकाको गगनचुम्बी महल ट्विन टावरलाई हवाईजहाज ठोक्काएर गरिएको सन् २००१ सेप्टेम्बर ११ को विध्वंसकारी हमला र सन् २००८ मा उत्पन्न वित्तीय संकटको समाधान विश्वका शक्तिशाली देशहरूले मिलेर एक साझा बाटो निर्माण गरेर गरेका थिए । 

त्यस किसिमको सहयोग एवम् समन्वय अहिले धेरै धेरै कठिन भएको पुष्टि हुन थालेको छ । यसले विश्वको आर्थिक एवं सुरक्षा प्रणालीलाई युद्धपछिको जोखिमा पु¥याउँछ ।” रोथ्स्चाल्डले यस्तो टिप्पणी आफ्नो लगानी ट्रस्टको अर्धवार्षिक परिणामप्रति चिन्ता व्यक्त गरेका हुन् ।

अर्थतन्त्रमा युद्ध पछिको अवस्थालाई मौद्रिक व्यवस्थापन प्रणालीसँग जोडेर हेर्ने गरिन्छ । जुन प्रणाली अन्तर्गत अहिले अमेरिकी मुद्रा डलरको मूल्यमा बृद्धि गरिरहेको छ । अनि यो मुद्रा अहिले विश्वको प्रभावशाली मुद्राको रूपमा स्थापित छ ।

उनले भने, “यो परिदृश्यमा हामीले हाम्रो नीतिगत प्रस्तुतिलाई सीमित गर्न तर्फ ध्यान दिनुपर्छ र नयाँ प्रतिवद्धताहरूमा ठूलो सतर्कताका साथ प्रवेश गर्नुपर्छ ।”

रोथ्स्चाइल्डको आरआइटी क्यापिटलले शेयरबजारमा लगाएको लगानीको हैसियत ऐतिहासिक रूपमै न्यून रहेको छ । उनको लगानीको अवस्था ४७ प्रतिशत रहेको छ । बैंकिङ क्षेत्रको विरासत बोकेका रोथ्स्चाइल्डले शेयर बजारमा १० वर्षमा देखिएको राम्रो प्रदर्शनको अवस्था समाप्त हुन सक्ने चिन्ता व्यक्त गरे ।

“यो दशौं सकारात्मक चक्र हो । इतिहासमा सर्वाधिक लामो । हामीले केही क्षेत्रमा कमजोरी देखा पर्ने देखिरहेका छौं ।निसन्देह अन्तर्राष्ट्रिय मुद्रा कोषले अर्थतन्त्रमा केही सुस्तता हुने अनुमान गरेको छ ।” लगानीकर्ता बैंकरले भने । 

यस्तो अवस्था विश्व अर्थतन्त्रमा निम्त्याउने कारणमा युरोपको ऋण तह र व्यापार युद्ध हुन् । युरोपको ऋण तह  वैश्विक अर्थतन्त्रमा ‘ध्वंसात्मक’ भएको उनले टिप्पणी गरे ।

साथै उनले समस्याहरूको पोको उदीयमान बजारहरू खुल्ने बताए । बढिरहेको ब्याजदरहरू र अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिले वैश्विकरूपमा डलरको लचकतालाई प्रवाहित गरेका कारण समस्याहरू चर्किएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता लोक लोभ्याउवादी र संरक्षणवादी जस्ता व्यक्तिहरूको कुनै युगले यस्ता वैश्विक चुनौतीहरूप्रति प्रतिक्रिया जनाउन अन्तर्राष्ट्रिय समन्वयकारी भूमिका खेल्ने त्यसको अभाव देखिएको उनले जनाए ।