३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान, आज उम्मेदवारको मनोनयन दर्ता
काठमाडौ, २१ कात्तिक । अगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपचुनावको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारीमाथि दाबी विरोध उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आउँदो आइतबार प्रकाशन गरिनेछ ।
पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने आउँदो बुधबार हुनेछ ।
मंसिर १४ गते प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ ।
निर्वाचन आयोगले उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् ।
आयोगले गएको ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । उपचुनावको लागि आउँदो मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।
प्रतिक्रिया