डिल्लीबजार जेलमा देब गुरुङ र महराबीच भेटघाट, कानूनी विषयमा कुराकानी
काठमाडौँ, २१ कात्तिक । नेकपाका स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देबप्रसाद गुरुङले डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।
यसअघि परिवारका सदस्य बाहेक अन्य कसैसँग भेटघाट नगरेका महराले कानूनी परामर्शका लागि देब गुरुङसँग भेट गर्नका लागि आफैँले बोलाउन लगाएका हुन् । बिहीबार उनीहरुबीच करिव एक घण्टा कुराकानी भएको थियो । भेटका क्रममा उनीहरुबीच कानूनी प्रकृयाका विषयमा छलफल भएको थियो ।
सचेतक गुरुङले पछि जिल्ला अदालतले गरेको आदेश चित्त बुझेन भने उच्च अदालत जाने र उच्च अदालतले गरेको आदेश पनि चित्त नबुझे सर्वोच्च अदालत जाने भन्ने बारेमा छलफल भएको प्रतिकृया दिएका छन् ।
प्रतिक्रिया