“कस के मारो दम, हो चिन्ता फिक्र खतम”
काठमाडौ । शिवरात्रीमा पशुपति क्षेत्रमा होस वा तराई मधेशका गँजेडीहरूको झुण्डमा पाका बाबा वा तिनका चेला छन् भने गाँजा तान्ने बेला बनाइएको श्लोक “ जय शम्भो कैलाशपति... बच्चा कस के मारो दम, हो चिन्ता फिक्र खतम” भन्ने गरेको पाइन्छ ।
त्यो भनेको गाँजाको लामो सर्को तान्ने पछि दिमागमा भएको भय र चिन्ता सबै उडेर जाने अर्थ लाग्छ । मात लागेपछि निसन्देह भय र चिन्ता उडेर जाने गर्छ । तर श्लोकको भाव त गाँजा र भाङमा हुने औषधि गुणको निहितार्थ ज्ञान पनि लुकेको हुन सक्ने हालै सार्वजनिक गरिएको अध्ययनबाट देखिन आएको छ ।
गाँजा र भाङको सेवन आघातपछिको तनावको समस्या( पोस्ट ट्रमेटिक स्टे«स डिजअर्डर–पीटीएसडी)मा औषधिको काम गर्ने गरेको पाइएको छ । पीटीएसडीको तनावलाई कम गर्न गाँजा भाङको प्रयोग प्रभावकारी भएको पाइएको छ ।
आघात पछिको तनावको समस्यामा मानिसमा मानसिक रोग र आत्महत्या गर्ने तनाव उत्पन्न हुने गरेको पाइन्छ । यस्तो अवस्थामा क्यानाबिसको प्रयोगले सकारात्मक सन्देश अध्ययनबाट पाइएको हो ।
ब्रिटिश कोलम्बिया सेन्टर अन सब्सटान्स युस र युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया दुबैका अनुसन्धानकर्ताहरूले क्यानाडामा गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालेका हुन् ।
क्यानाडाको राष्ट्रिय तथ्यांक विभागले सन् २०१२मा मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षण गरेको थियो ।
कम्तीमा १५ वर्ष उमेर भएका २४ हजार भन्दा बढी क्यानाडियालीहरूसँगको डेटा संकलन गरी त्यसो विश्लेषण अध्ययनमा गरिएको हो । विगत १२ महिनामा गाँजा भाङ प्रयोग नगरेको जनाउने व्यक्तिमा गाँजा भाङ प्रयोग गरेको व्यक्तिको तुलनामा डिप्रेसन र आत्महत्याको प्रवृति बढी भएको पाइयो ।
आघात पछिको अवस्थामा मानिसमा हुने मानिसक समस्याको विषयमा गरिएको अध्ययनबाट यस्तो पत्ता लागेको अध्ययन प्रतिवेदक माइकल जे मिलोले बताए । गाँजा भाङको प्रयोग आघात पछिका मानिसहरूमा सकारात्मक प्रभाव पारेको देखिएको उनले जनाए ।
आघात पछिको अवस्थामा डिप्रेसन र आत्महत्याको प्रवृति बढी हुने गरेको छ । क्यानाडा र अमेरिकामा यो बढी हुने गरेको छ । सन् २०१६मा गरिएको एक अध्ययनका आधारमा क्यानाडाका ९.२ प्रतिशत मानिसमा र अमेरिकामा ७.२ प्रतिशतमा यो देखिएको पाइयो ।
पीटीएसडीलाई एक गम्भीर मनोवैज्ञानिक अवस्थाको रूपमा लिइन्छ । यसमा विभिन्न किसिमका लक्षणको विकास हुन सक्छ । हुन त झण्डै हरेक व्यक्तिमा तनाव सम्बन्धी लक्षण आघात पछि हुने गर्छ । कतिपयलाई भयानक सोचाइ, नराम्रा सपना र पुराना कुरा मनमा खेलिरहने जस्ता लक्षण हुन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार गाँजा भाङ्गको थप गहन अनुसन्धान आवश्यक रहेको छ ।यसको अध्ययन भएपछि मानसिक रोगको उपचारमा थप सहोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया