रामजन्मभूमिको फैसला दिन भारतभर सतर्कता अपनाइदै

रामजन्मभूमिको फैसला दिन भारतभर सतर्कता अपनाइदै

काठमाडौ । भारतको सर्वोच्च अदालतले अयोध्यामा रामजन्मभूमिको विवादमा फैसला सुनाउन अघि देश भर सतर्कता र सुरक्षा व्यवस्था कडा पार्ने काम भइरहेको छ ।

भारतको संघीय सरकारले प्रदेश सरकारहरूले उच्च सतर्कतमा रहन निर्देश दिएको छ । सर्वोच्चका प्रधान न्यायाधीश नोभेम्बर १७ पछि सेवा निवृत हुन लागेकाले फैसला त्यो अघि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

त्यसको तयारीको क्रममा सामुदायिक सहिष्णुता नखलबलियोस भनेर आवश्यक सुरक्षा प्रवन्धब मिलाउने काम गरिएको देखिएको हो ।

सामाजिक सञ्जालमा घृणा फैलाउने कार्यलाई शुन्यसहनशीलतामा ल्याउन आवश्यक प्रवन्ध मिलाउनका लागि २० लाख ह्वाट्सएप अकाउन्ट बन्द गरिएको छ ।यस्ता उत्पाती समूहको पहिचान गरी तिनका अकाउन्ट बन्द गर्न थालिएको हो ।

फैसलालाई लिएर हुन सक्ने सम्भावित घटन रोक्नका लागि भारतको गृहमन्त्रालयले आवश्यक सूचना र आदेश सम्बन्धित निकायमा जारी गरेको छ ।अयोध्यायमा २हजार अर्धसैनिक बल पठाइसकेको छ ।

प्रधान न्यायाधीश रञ्जन गोगोइको नेतृत्वको पाँच न्यायाधीश सहितको इजलासले यो फैसला १५ नोभेम्बरसम्म सुनाउन सक्ने देखिएको छ ।१५ नोभेम्बर शनिबार भएकोले प्रधानन्यायाधीशको अन्तिम दिन शनिबार हुनेछ ।

उत्तर प्रदेशको अम्बेडकर नगरमा विभिन्न कलेजलाई ८ अस्थायी जेल बनाउने निर्णय गरिएको छ । कलेजका भवन पुलिसलाई दिन भनिएको छ ।

रेलबेका अधिकारीहरूको बिदा रद्द गरिएको छ ।