न्यू सिल्क रोडले चीनलाई सुपरपावर बनाउला र ?

न्यू सिल्क रोडले चीनलाई सुपरपावर बनाउला र ?

रेशम मार्ग अथवा सिल्क रोडलाई चीनले नयाँ आवरण दिएर बहुअर्ब डलर लगानीमा महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इन्सिएटिभ’ नाम दिएर अगाडि बढाएको छ । यसलाई नयाँ सिल्क रोड भनेर पनि बुझिने गरिएको छ । 

राजनीतिक र व्यावसायिक रणनीतिकार ब्रुनो मकाएसका अनुसार यो सफल भए शताब्दी लामो भू राजनीतिक अभिप्रेरणा बनेर आउने छ ।

ब्रुनोले आफ्नो नयाँ पुस्तक‘ बेल्ट एन्ड रोडः अ चाइनिज वल्र्ड अर्डर’ लेखेका छन् । उनले पुस्तकमा चीन व्यापारबाट ‘सुपरपावर’को रूपमा उदाउने उल्लेख गरेका छन् । बीआरआईको चिनियाँ अभिप्राय भनेको येरोएसियाली सुपरपावर निर्माण गर्नु रहेको छ । यो युरोएसियन सुपरपावरको केन्द्र चीन हुने अभिप्राय बीआरआईको रहेको ब्रुनोले जनाए ।

म्याक्स केइसरका अनुसार चीन केन्द्र भएको एक नयाँ वैश्विक अर्थतन्त्रको निर्माण हुनेछ । युरोएसियन व्यापार समूहमा युरोपेली युनियन १७ ट्रिलियन अमेरिकी डलर सहितको व्यापारिक समूह हुन्छ । यो युरोएसियाली व्यापारिक समूहमा सहभागी हुने युरोपेली युनियनको हिस्सा विश्वका कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत छ । 

चीनले व्यापारको बाटो सम्हालेर शान्तिपूर्ण बाटो रोजेको छ । चीनले खतरा थोपरेर होइन व्यापारको बाटो जान खोजेको छ । यो बाटो धेरै पुरानो बाटो । विश्वले २,३ ,४ सय वर्ष अघिदेखि यो बाटोलाई अँगालेको छ ।