काठमाडौं बिमानस्थल पर्किङमा दुई जहाज ठोक्किए
काठमाडौ, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा शुक्रबार दुई जहाज ठोक्किएका छन् । पार्किङमा आउँदै गरेको श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर ७२ जहाजलाई ठक्कर दिएको हो ।
ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थलमा जाहाजको आवागमनमा कुनै समस्या नआएको विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया