कालापानी : बल्झिरहने घाउ
रामसिंह ठगुन्ना
भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरको विशेषाधिकार खोसेर भारतमा गाभ्यो र त्यो सँगसँगै भारतले आफ्नो नयाँँ नक्सा सार्वजनिक गरेको भन्दै बहस प्रारम्भ भयो । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्र भारतले आफ्नो नक्सामा देखाएपछि कालापानी लिपुलेकको विवाद फेरि सतहमा आएको छ ।
भारतले कालापानी क्षेत्रमा अतिक्रमण गरेको भर्खरै होइन । सन् १९६२ मा भारत–चीन युु्द्ध हँुदादेखि नै भारतीय सेना यस क्षेत्रमा प्रवेश गरेको थियो । तत्कालीन अवस्थामा चीनको अन्य भूूभाग देख्न सकिने अग्लो ठाउँ भएकाले भारतले कालापानी क्षेत्रमा अस्थायी रुपमा बस्नका लागि माग गरेपछि राजा महेन्द्रले केही समयमा लागि बस्न दिएको भन्ने भनाइ यहाँ रहेको छ । तत्कालीन समयमा ऋषिकेश शाह र पश्चिमका जनरलले राजा महेन्द्रलाई कालापानीमा भारतीय सेना बसेको बारेमा जानकारी गराएका थिए । राजा महेन्द्रले अस्थायी रुपमा बसे बसु्ुन न त भनेको भन्दै स्थानीयले बताउने गरेका छन् ।
पछिल्लो समयमा भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको क्षेत्रलाई आफ्नो क्षेत्र बताउने गरेको छ । भारतीय सेनाहरु कालापानी क्षेत्रमा बस्दा उनीहरु अस्थायी रुपमा बसेको र केही दिनपछि फिर्ता जान्छन भनेर सुनेको बूूढापाकाहरुले भनेको आफूले सुनेको व्यास गाउँपालिका १ का सचिव समेत रहेका त्यहाँका स्थानीय वासिन्दा विनोद बुढाथोकीको भनाइ छ । कालापानी भन्दा पश्चिम रहेको लिम्पियाधुुराबाट बग्ने काली नदी महाकाली नदीको वास्तविक मुहान भए पनि भारतले भने कालापानीमा रहेको सानो लिपुलेक खोलालाई महाकाली नदीको मुहान बताउने गरेको छ ।
कुती नाभीसँगै गुन्जी दोभान क्षेत्रभन्दा माथिको सबै भूूभाग गरेर भारतले तीन सय ६२ वर्ग किलोमिटर क्षेत्रफल अतिक्रमण गरेको छ । गुन्जी दोभानमा काली नदी र लिपुलेक खोला जोडिन्छ । गुन्जी पूूर्वका सबै भूूभाग नेपालकै भएको पुराना, नक्सा तथ्य प्रमाणले भेट्टाउँछ । २०१८ सालमा गुन्जी, कुुती, नाबी, गब्र्याङ्ग, छाङरु, तिंकर लगायतका गाउँहरुको नेपालले सर्वेक्षण गरेको थियो । गुन्जीका गुरुङ्गहरुले राष्ट्रिय पञ्चायतको चुनाव जितेर शासन पनि गरेका थिए । कुमाउ अल्मोडाका गभर्नरले महाकाली पूूर्वका गुन्जी, कुुती,गब्र्याङ्गका जनतालाइ चिठी लेखेका छन् । २०१९ सालमा दार्चुला बैतडी र डोटी डडेल्धुरा एउटै जिल्ला भएको बेला नेपालमै तिरो तिर्नु भन्ने प्रमाण बैतडीको माल अड्डामा प्राप्त भएको थियो । कुटी,गुन्जी र नाबी गाउँका नेपालीहरुले मालपोत तिरेको प्रमाण समेत बैतडी माल अड्डामा भेटिएको छ । यस सम्बन्धी प्रष्ट नक्सा समेत बुुद्धिनारायण क्षेष्ठले वेलायतबाट किनेर ल्याएका थिए ।
टनकपुर र महाकाली सन्धिको विवाद उत्पन्न भएपछि २०५५ सालमा पद्मरत्न तुलाधरको संयोजकत्वमा समिति गठन गरिएको थियो । सोही बेला तत्कालीन नेकपा मालेले ‘महाकाली साझा हो, पानी आधा आधा’ हो भनेर कालापानी मार्च समेत गरेको थियो । सो क्रममा एकजना अभियानकर्मी सिन्धुलीकी सम्झना दाहालको मृत्यु समेत भएको थियो । सन् १९१६ भन्दा अगाडि कुमाउ गडवाल पनि नेपालकै थियो । सुुगौली सन्धिपछि नेपालको सीमा खुम्चिएर महाकालीसम्म आइपुुग्यो । सुगौली सन्धिमा नेपालका राजाले काली (महाकाली) देखि पश्चिमको भूूभागमा दावी गर्न पाउने छैनन् भनिएको छ, यसले पनि महाकाली पूूर्वको सबै भूूभाग नेपालको हो भन्ने प्रष्ट हुुन्छ ।
कालापानी क्षेत्रका सबै गाउँहरु नेपालको भएको यी क्षेत्रहरु हुँदै चीनको ताक्लाकोटमा व्यापार हुँदै गरेको तर एकाएक भारतीय सेना बसेपछि भने सो क्षेत्रमा नेपालीहरुलाई प्रबेश निषेध गरिएको स्थानीय वासिन्दाको भनाइ रहेको छ । नेपालका पाँच वटा गाउँहरु कुटी, नाबी, गुन्जी ,तिंकर र छाङरु पाँच गर्खालको रुपमा रहेको व्यास गाउपालिका १ का अध्यक्ष समेत रहेका सो क्षेत्रका स्थानीय वासिन्दा अशोक सिह बोहराको भनाइ रहेको छ । १९१५ देखि २० को बीचमा यी गाउँहरु एक आपसमा मिलेर बसेको र व्यापार व्यावसाय पनि सँगसँगै गर्ने गरेको उनको भनाइ रहेको छ । सन् १९६२ मा गुंजीको मनिलामा आएर सबभन्दा पहिला भारतीय सेनाहरु अस्थायी रुपमा बसेको उनको भनाइ रहेको छ । यो भन्दा पहिला भने त्यहाँ कुनै सेना नरहेको आफ्ना बुुबा बाजेहरुले बताउने गरेको उनको भनाइ छ ।
भारत–चीनको युद्धताका त्यता सेना आएको र अस्थायी रुपमा हो र केही दिनमा फिर्ता जान्छन भन्ने सुनेको बूूढापाकाहरुले भनेको बोहरा बताउँछन् । तर, फिर्ता जानुको सट्टा उनीहरुले पछि स्थायी क्याम्प बनाएर बस्न थाले, विस्तारै पूरै कब्जामा लिए । पुर्खाहरुले भने अनुरुप उनीहरु तिंकर नाकासम्म पनि बसेका थिए तर पछि सो क्षेत्र छोडेका बोहरा बताउँछन् । उनीहरुका लिडरलाई सी.पी.ओ. सा’प भन्ने गरिन्थ्यो रे, सायद नेपालको असई बराबर हुनुुपर्छ । लिम्पिया धुराबाट बग्ने काली नदी जसलाई स्थानीय भाषामा कुटियाङ्गदी भनिन्छ, यो पूूर्वका सबै भूूभाग नेपालमा रहेको उनको भनाइ रहेको छ । ती गाउँमा बस्ने बासिन्दाहरु कुतियाल र नब्यालका नामले चिनिने गरिन्थे । उनीहरुको जमिन खेत हाल पनि राङपाङ धुलिगाडा (तत्कालीन धुलिगाडा गाविस हालको नौगाड गाउपालिकामा पर्दछ ) मा रहेको उनको भनाइ छ ।
उनीहरुले ४,५ बर्ष अगाडिसम्म छाङरुको माथिल्लो क्षेत्रमा समेत खेतीपाती गर्दै आएको र हाल सो क्षेत्र जंगलमा परिणत भएको अशोक सिह बोहरा बताउँछन् । छाङरुको छेउमा कालापानी तर्फको भूूभागमा वडा कार्यालयको बजेटबाट निर्माण गर्न लागेको मन्दिर भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाउन नदिएको छाङरुवासीको गुनासो रहेको छ । हाल यस भेगका जनताले भारतको अनुमति पत्र अर्थात पास लिएर हिड्नुपर्ने बाध्यता रहेको छ । नेपालतर्फको बाटो भत्केर बिग्रिएपछि उनीहरु भारतको बाटो प्रयोग गर्न बाध्य छन् । हाल भारतले आफनो भनेर अतिक्रमण गरेका क्षेत्रका वासिन्दाहरु कुती गुन्जी र नाबी क्षेत्रका वासिन्दाहरु सँगसँगै व्यापार गर्ने गरेको भए पनि हाल भने छुुट्टै रहेको स्थानीय विनोद सिह बुढाथोकीको भनाइ रहेको छ ।
सरकारी उदासीनता, सीमा क्षेत्रको सुरक्षा र विकासमा ध्यान नदिंदा यस्तो भएको उनको भनाइ छ । छाङरु र तिंकरका जनताले सास्ती भोग्नुपरेको छ । व्यास गाउपालिका १ का सचिव समेत रहेका बुढाथोकीले आफूूहरुले ६महिना लेकमा र ६ महिना खलंगा बसाइ सर्ने भएका कारण ६ महिना चीनको ताक्लाकोटमा व्यापार गर्ने गरेको बताए तर हाल आएर कुती,जुन्जी र नाबीका बासिन्दाहरुले भने उतैको बाटो प्रयोग गर्ने गरेको उनको भनाइ रहेको छ ।
सीमा अतिक्रमण हुनुमा मुख्यतः सरकारी उदासीनता भएको स्थानीयहरुको बुुझाइ छ । सीमामा सुरक्षाकर्मीको उपस्थिति नहुुनु र विकास निर्माण र यसमा मुख्यगरी बाटोघाटो निर्माणमा ध्यान नदिनु सरकारको कमजोरी रहेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ । नेपालतर्फ तिंकरमा नेपाल प्रहरीको अस्थायी पोष्ट छ, सो पोष्टमा ३ देखि चार महिनासम्म मात्र सुरक्षाकर्मी बस्ने गरेका छन् । चिसो हँुुदै जाँदा सो पोष्ट गागामा सर्ने गर्दछ । त्यसमा पनि सुरक्षाकर्मीका लागि आवश्यक भौतिक पूूर्वाधार र बन्दोबस्तीको सामानको अभाव छ । त्यो पनि हिउँद शुुरु नहुँदै दुम्लिङ झर्ने गर्दछ ।
त्यतिबेला नेपाली क्षेत्र सुरक्षाविहीन हुने गर्दछ भने अतिक्रमित क्षेत्र कालापानीमा भारतले स्थायी क्याम्प नै बनाएर २४ सै महिना भारतीय सेना राख्ने गरेको छ । भारतले विभिन्न तीन स्थानमा आठ क्याम्प स्थापना गरेको छ । भारतले धार्चुलादेखि चीनको सीमा लिपुपास सम्म ९४ किलोमिटर लम्बाईको सडक निर्माण गरिरहेको छ । यसमध्ये २७ किलोमिटर नेपाली भूूभाग पर्छ । नेपालले नेपालतर्फ निर्माण गरिरहेको दार्चुला तिंकर सडक खण्ड कछुवा गतिमा निर्माण भइरहेको छ । जबकि भारतको क्षेत्रमा कडा चट्टाने भीरहरु रहेको छ भने नेपालतर्फ बाटो निर्माण गर्न अलि सहजता देखिन्छ । झण्डै एक सय १० किलोमिटर सडक २० बर्षमा सुनसेरा पुुगेको छ ।
यहाँका जनताले सधै सास्ती मात्रै पाउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । जब जब कालापानी र लिपुलेकको विवादको कुरा आउँछ, भारतीय सीमा सुरक्षा बल एसएसबी ले यहाँका स्थानीयहरुलाइ दुःख दिने गरेको छ । व्यास १ का मन्दिर निर्माण उपभोक्ता समितिका सबै जनाको पास खोसेको र सबैको फोटो खिचेर धम्की दिएको स्थानीयहरुको भनाइ रहेको छ । पहिला पहिला भारतीयहरु पनि कालापानी क्षेत्रमा जानका लागि नेपालको गोरेटो बाटो प्रयोग गर्ने गर्दथे तर केही विगत बर्षदेखि कुुन्चा सार्न भारतलाई हात जोड्नुपरेको छ । तिंकर क्षेत्रमा बस्दै आएका नेपालका सौका समुदाय ६ महिना तिंकर र ६ महिना खलंगा बस्ने गरेका छन् । हिउँदमा चिसोका कारण बस्न नसकिने भएकाले खलंगा सर्नुपर्ने बाध्यता रहेको छ ।
अब तिंकरका समुुदायको कुंचा सार्ने बेता भएको छ तर कालापानीको विवाद आएपछि भारतले बाटो प्रयोग गर्न दिन्छ या दिदैन भन्ने चिन्ताले सताउने गरेको स्थानीय अशोक सिह बोहरा बताउँछन् । सरकारले सबभन्दा पहिला बाटो निर्माण गर्नुु प¥यो र अनि सुरक्षा दिनुप¥यो अर्काको बाटो प्रयोग गर्ने खाद्यान्न र बन्दोबस्तीका सामानका लागि उतै भर पर्नुुपर्ने अनि कसरी सीमाको रक्षा गर्ने स्थानीयको गुनासो छ । स्थानीयहरुले बाटो नबनाइ दिएकोमा सरकारलाई गाली गर्ने गरेका छन् । आफ्नो बाटो भएको भए आफूूहरु पनि स्वाभिमानका साथ उभिने थियौ स्थानीयको भनाइ रहेको छ ।
कुुन्चा सर्दा घोडा खच्चरहरुको आवतजावत र खाद्यान्न साथै बन्दोबस्तीको सामानका लागि भारतको भर पर्नुपर्छ त्यसका लागि भारत सरकारको अनुमति लिनुपर्छ, उसले चाहे अनुुमति पाइन्छ नचाहे पाइन्न भारतीय सुरक्षा बलले मनपरी गर्ने, गालीगलौज गर्ने र कुुटपिटसम्म पनि गर्दछ । सीमा सुरक्षाका हिसाबले पनि नेपाल निकै कमजोर छ । नेपालको सुरक्षा राख्ने बिओपी जिल्ला सदरमुकाममा राख्ने कुरा भए पनि स्थानीय र जनप्रतिनिधिहरुले कालापानी क्षेत्रमा राख्नुपर्ने माग गरेको तर त्यो कार्यक्रम कता हरायो र कता अलपत्र भयो पत्तै नभएको अशोक सिह बोहराको भनाइ रहेको छ ।
लिपुलेक बारेको भ्रम
धेरैजसो नेपाली संचार मिडियामा नेपाल र चीनको पिल्लर नं.१ लाई देखाएर लिप्ुलेक भन्ने गरिएको छ तर वास्तविक लिपुलेक चाहि त्यो होइन । यसलाई तिंकर नाका अर्थात तिंकर भन्ज्याङ भनिन्छ । यद्यपि केही स्थानीय वासिन्दा यसलाई पनि लिपुलेक नै भनेर चिन्ने गरेका छन् तर भारत चीनको सम्झौता भएको लिपुलेक कालापानीमा रहेको लिपुुलेक हो जुन क्षेत्रबाट भारतले मोटरमार्ग निर्माण गरेर चीनको नाकासम्म पु¥याएको छ । मानसरोबर मार्गको रुपमा भारतले निर्माण गरेको सो मार्ग गुुगल नक्सामा समेत स्पष्ट देख्न सकिन्छ ।
भारतले निर्वाध रुपमा सडक संजाल निर्माण गर्दै सुरक्षा बेस क्याम्पहरु पनि विस्तार गर्दै आएको छ । भारतले आफनो नक्सामा समेत सो क्षेत्र राखेर सार्वजनिक गरिसकेको परिप्रेक्षमा नेपाल सरकारले छिटो भन्दा छिटो कूूटनीतिक पहलबाट वार्ता गर्दै कालापानी क्षेत्रबाट भारतीय सेनालाई हटाएर आफ्नो सीमाको रक्षा गर्नु आवश्यक छ । अर्कोतर्फ सो क्षेत्रका जनताहरुले खेप्ने अपमान बन्द गर्न र देशको सार्वभौमिकताका लागि पनि सशस्त्र प्रहरी बल र नेपाली सेनाको क्याम्प कालापानीमा राख्नुपर्दछ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया