स्पेनमा प्रगतिशील गठबन्धन बनाउने सम्झौता
काठमाडौं, २७ कात्तिक । स्पेनका समाजवादी कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेज र बामपन्थी समूह युनिडास पोडेमोसका पाब्लो इग्लेसियासबीच प्रगतिशील गठबन्धन सरकार बनाउने सम्झौतामा हस्ताक्षर भएको छ ।
दुई दलबीचको सम्झौताबाट संसदमा बहुमत प्राप्त गर्न पर्याप्त नहुने भएकाले अन्य दलसँगको सहयोग खोजिने रोयटर्सले जनाएको छ ।
चार वर्षमा चौथो पटक आइतबार सम्पन्न निर्वाचनले स्पेनको संसदका दललाई अझ बढी टुक्रे मत दिएको छ । यसअघि अप्रिलमा भएको मतदानबाट स्पेनको समाजवादी मजदुर पार्टीले बढत लिए पनि बहुमत प्राप्त गर्न सकेन।
स्पेन विगतको दशकमा वित्तीय समस्याबाट गुज्रिरहेको देखिएको ।
प्रतिक्रिया