अमेरिका चीन ब्यापार बार्ता अनिश्चित भएसँगै सुनचाँदीको मूल्य अस्थिर

अमेरिका चीन ब्यापार बार्ता अनिश्चित भएसँगै सुनचाँदीको मूल्य अस्थिर

१० फागुन, काठमाडौं । गत हप्ताको भाउ भन्दा यस हप्ताको शुरुमा बढेको सुनचाँदीको मल्यमा उतार चडाव देखिएको छ । आईतबार देखि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा रहेको देखिएतापनि बुधबार अमेरिका र चीन बीच व्यापारिक वार्ता अनिश्चित देखिएकोले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्न पुगेको थियो ।

यस हप्ता नेपालमा सुनको मल्य ५ बर्ष अगाडीकै उच्च प्रति १० ग्राम रु ५४,२७०।– मा कारोवार भएको थियो । यसो हुनुमा मुख्यतः डलरको तुलनामा भारतीय मुद्रा अवमूल्यन भएको बुझिन्छ । सुनको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय लगानीकर्ताहरुले नाफा बुक गर्न सुन विक्रिमा राखेकोले अन्तराष्ट्रिय बजारमा मागको तुलनामा सुन अधिक आपूर्ती भएको र आजै फेरी चीन र अमेरिका बीच व्यापारिक वार्ता हुनेमा केही सकरात्मक संकेत देखिएकोले नेपाली बजारमा सुनको मूल्य केही घट्न पुगेको छ ।  

नेपाली बजारमा आइतबार बजार खुल्दा प्रति १० ग्रामको रु. ५३,५८५ रहेको सुनको भाउ आज शुक्रबार  प्रति १० ग्राम रु. ५३,६७० कायम भई हप्ता भरी रु. ८५ रुपैयाँ प्रति १० ग्राममा बृद्धि भएको छ भने चाँदी आईतबार प्रति १० ग्रामको रु. ६६४.५० रहेको भाउ आज शुक्रबार पनि प्रति १० ग्रामको रु. ६६४.५० नै कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।