अमेरिकी एकाधिकारवादले जापान र दकोरियालाई चीनका पाखुरा बनाउने

अमेरिकी एकाधिकारवादले जापान र दकोरियालाई चीनका पाखुरा बनाउने


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाधिकारवादी र संरक्षणवादी नारा ‘अमेरिका फस्ट’ले जापान र दक्षिण कोरियालाई चीनका दुई पाखुरा बनाउने काम गर्ने हालका विकासक्रमले देखाएको विज्ञहरूले बताएका छन् ।

मध्यपूर्व, एसिया तथा प्रशान्त क्षेत्रको अमेरिकी नीतिका कानुनी तथा राजनीतिक विश्लेषक न्यूजील्यान्ड आधारित विज्ञ डारिअस शाह्तह्मासेबीले विश्व मञ्चमा चीनको उफ्राइले अमेरिकाको प्रभाव खिइरेर किनारा लाग्दै गरेको देखाउँदै यस्तो बताएका छन् ।

अफ्रिका, मध्यपूर्व तथा हिन्द प्रशान्त क्षेत्रीयमा आफ्नो रेशम मार्ग परियोजना स्थापना गर्ने उद्देश्यले ब्यापक लगानी बढाउँदै लगेको मात्रै नभइ चीनले एसियाली महादेशमा अमेरिकाका सहयोगीहरूलाई परिवर्तन गरी चिनियाँ अर्थतन्त्रका वास्तविक साझेदार बनाउन लागेको संकेत दर्शाइरहेको छ ।

चीन र जापान विश्वका दोस्रो र तेस्रा ठूला अर्थतन्त्र भएका देश हुन् । १२औं स्थानमा रहेर पनि दक्षिण कोरिया यिनीहरू भन्दा धेरै टाढा रहेको छैन् । एसियाली अर्थतन्त्रमा दक्षिणपूर्व एसियाली देश अझ एक प्रमुख भाग रहेको छ । यसका साथै यी तीन देश विश्व अर्थतन्त्रको २० प्रतिशत भन्दा बढी भाग ओगटेका छन् । अनि यो आफैमा सानो भाग नभएको डारिअसको भनाइ छ ।

आजको समयमा दक्षिण कोरिया र जापान अमेरिकाको एक बलियो सहयोगी साझेदारी रहिआएको छ । यिनीहरूका लागि खतरनाक हुन सक्ने उत्तर कोरियाको खतरा हटाएर विभिन्न साझा विषयहरूमा सहमति गरी चीनको विरोध सोझ्याउन अमेरिकालाई सजिलो छैन् ।
हालैको एक सर्वेक्षणका आधारमा  दक्षिण कोरियाका झण्डै आधा जनसंख्याले जापानसँगको युद्धमा उत्तर कोरियालाई सघाउने देखिएको छ । चालीस प्रतिशतले यसबारे आफूलाई थाहा नभएको बताएका थिए भने मात्र १५.१ प्रतिशतले मात्र उत्तर कोरियाको विरूद्ध जापानलाई सघाउने विचार सार्वजनिक गरेका थिए । ६१ प्रतिशत दक्षिण कोरियालीले जापानको सेना खतरा भएको विश्वास गर्छन् । 

यसैबीच  आगामी महिना आफ्नो दक्षिण शहर चेङ्दुमा चीनले दक्षिण कोरिया र जापानसँग त्रिपक्षीय सम्मेलनको आयोजना गर्न लागेको हो । यो तीन देशबीचको ऐतिहासिक र भूमिसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले गरिने वार्षिक सम्मेलनको रूपमा देखिएको छ ।

हालै मात्र चिनियाँ प्रधानमन्त्री लि केकियाङले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई त्रिपक्षीय सहयोगले विश्वलाई योगदान दिने विश्वास दिलाएका थिए । यो तीन देश विश्वको अर्थतन्त्रको पाँचौं हिस्सा ओगटेको चिनियाँ प्रधानमन्त्रीको विज्ञप्तिमा स्पस्टरूपले आएको छ ।

अझ महत्वपूर्ण विषय चीन, दक्षिण कोरिया , जापान र भारत, अस्ट्रेलिया र न्यूजील्यान्ड लायतका देशले अन्य महत्वपूर्ण देशहरूको समूह आसियानका १० देशसँग मिलेर क्षेत्रीय खुला व्यापारका लागि क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसीइपी) सम्झौतामा हस्ताक्षर गर्ने विषय अगाडि आएको छ ।

आरसीईपीमा सहभागी भइ तयार हुने खुला व्यापार क्षेत्रले विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी)को एक तिहाइ हिस्सा ओगटेको छ भने विश्वको कुल जनसंख्याको आधा जति ओगेटेको छ । एसियाली विकास बैंकले आरसीईपीका बारेमा गरेको पूर्वानुमान अनुसार यो क्षेत्रले विश्वको आमदनी लाभ २खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको योगदान गर्ने छ ।

यो त्यतिखेर भइरहेको छ जतिखेर अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापारका विभिन्न मोर्चामा अवरोध सिर्जना गरिरहेका छन् । अमेरिकी व्यवहार विशेष गरी ट्रम्पको व्यवहारबाट विश्वका देशहरू वाक्कदिक्क भइरहेकोमा शंका भने छैन् ।

यसैबीच जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाली नेता किम जोङ उनसँग बिना कुनै शर्त भेट्ने चाहना व्यक्त गरेका छन् । यो भेट दुई देशबीचको सम्बन्धमा एक क्रमभङ्ग हुनेछ ।
यसैगरी अर्को वसन्तमा चिनियाँ राष्ट्रपति सी चिनफिङ जापानको राजकीय भ्रमण गर्ने योजना बनाइरहेका छन् ।

 कुनै बेला रूपर्ट मुर्डोकको स्वामित्वमा रहेको हङकङस्थित ‘द साउथ चाइना मर्निङ्ग पोस्ट’ले आफ्नो सम्पादकीय मार्फत जापान र दक्षिण कोरियालाई चीनको पाखुरा हुने सम्बन्धको विकासलाई स्वागत गरेको छ ।  यतिमात्रै होइन यो वर्ष जुनमा प्राज्ञ, कुटनीतिज्ञ , व्यवसायी र सैनिक विज्ञहरूसहितको १०० जनाले ट्रम्पका नाम खुला पत्र लेख्दै चीन शत्रु नभएको जनाइ चीनसँग व्यापार सम्झौताको पुनरावलोकन गर्न आग्रह गरेका थिए ।

सत्य के पनि हो भने रातारात चीन, दक्षिण कोरिया र जापानले विश्व अर्थतन्त्रमा कब्जा जमाउने र अर्थतन्त्रको गद्दीबाट अमेरिकालाई विस्थापित गर्न  गइरहेका छैनन् ।

तर यी सारा परिदृश्यलाई समिक्षा गर्दा यो दिशामा चीनको प्रगति उत्थान र अमेरिकी सत्ताको अवतरण विस्तारै भइरहेको देखिन्छ । अझ पनि अमेरिकी प्रभुत्व ५० वर्ष रहने देखिन्छ । तर पनि आफ्नो खिइदै गएको प्रभुत्व कायम राख्न अमेरिकाले नाटकीय निर्णय गरे आश्चर्य मान्न नहुने डारिअसले जनाएका छन् ।