औषधिहरूले वातारण खतरनाक बनाउँदै गरेकोमा चिन्ता 

 औषधिहरूले वातारण खतरनाक बनाउँदै गरेकोमा चिन्ता 

काठमाडौ । किटाणु प्रतिरोधी, दर्द नाशक र उदासी प्रतिरोधी (एन्टिबायोटिक, पेनकिलर र एन्टिडिप्रसेन्ट) औषधिका अर्बौ डोजबाट निस्कने  अवशेषहरूले विश्वको वातावरणलाई खतरनाकरूपले जोखिममा पारिरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

एन्टिबायोटिकको प्रयोग मानिस र कृषि क्षेत्र दुबैमा गरिन्छ । यसले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको छ ।

पशु र मानिसले लिने औषधिका ९० प्रतिशत तत्वहरू फेरि निस्केर वातावरणमा फर्केर आउँछ ।

वर्षमा चार अर्ब औषधि मध्ये एक तिहाइ  अमेरिकामा मात्रै फोहर बनेर आउने गरेको अनुमान गरिएको छ ।

आर्थिक सहयोग तथा विकास संगठनले औषधिका अवेशष पानीमा मिसिएर विश्वभर सिफारिस गरिने औषधिको मात्रा र पानी शुद्ध गर्ने विभिन्न देशका नियमनको तुलनात्मक अध्ययन गरेको छ ।

हार्मोन, दर्द नासक र उदासी प्रतिरोधी औषधिका अवशेषहरू समेत गरी सबै किसिमका औषधिको १० प्रतिशतले वातावरणालाई खतरामा पारेको एक अध्ययनको प्रतिवेदनले उल्लेख गरेको छ ।
ओइसीडीले गरेको अध्ययनमा पशुलाई दिइने एन्टिबायोटिक औषधिको प्रयोग  आगामी दशकमा दुई तिहाइ भन्दा बढीले बढनेछ ।

मानव क्षेत्रमा पनि यसको प्रयोग बढिरहेको छ । अस्पताल , चिकित्सा व्यवहार, औषधि निर्माणस्थलको इन्जिनियरिङ कार्यमा विस्तार भइरहेको देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चीन, भारत, इजरायल, दक्षिण कोरिया र अमेरिकामा औषधि उत्पादनहरूलाई पानीमा मिल्काउने गरेको पाइएको छ ।

औषधिका अवशेषहरूलाई भूमिमा र भूमिगत पानी स्रोतमा मिल्काउने चलन विश्वभरि रहेको पाइएको छ ।

वातावरणका कारण मानिसमा यस्ता औषधिले काम गर्न नसक्ने हुने गरेको छ । औषधिले काम गर्न नसकेपछि वर्षेनी ७ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।