सेवा निवृत हुने उमेर ६० वर्ष पार्दै सरकार

सेवा निवृत हुने उमेर ६० वर्ष पार्दै सरकार

काठमाडौ । सरकारले निजामती सेवाका कर्मचारीहरूको सेवा निवृत हुने उमेर ५८वर्षबाट बढाएर ६० वर्ष गर्न लागेको देखिएको छ ।

संसदको राज्य व्यवस्था समितिले. यस्तो विधेयकमाथि छलफल अघि बढाइरहेको छ ।

समितिले छलफल गरी पठाएको यो विधेयकलाई संसदले अनुमोदन बनेपछि कार्यान्वयनमा आउने छ । लोकसेवा आयोगले गरेको सिफारिस अनुसार यो विषयमा छलफल गरी कानुन बनाउन लागिएको हो ।

निजामती कर्मचारीको सेवा अवधिको विस्तार कानुन बनेलगत्तै दुई वर्ष नहुने यो किस्तामा बढने भएको जनाइएको छ । आगामी चार वर्षमा ६ ÷६ महिना गरी दुई वर्षको सेवाअवधि विस्तार गरिने भएको हो ।

सेवा निवृत हुने उमेर एकै चोटि गर्दा निम्नतहका निजामती कर्मचारीको बढुवा तीन वर्षले रोकिने भएको देखिएको छ ।  राज्य व्यवस्था समिति सदस्य पम्फा भुसालका अनुसार  यस्ता विषयमा ध्यान दिइ सेवा निवृत हुने उमेरको विस्तारबारे कानुन बनाउन लागिएको हो ।

एकै पटक दुई वर्षको सेवा अवधि थप्दा  नयाँ कर्मचारी भर्ना पनि रोकिने भएकाले यसलाई विचार पु¥याइएको छ । त्यसैले समितिले सबैलाई मान्य हुने गरी यो विधेयकमा छलफल गरी निर्णय गर्ने भएको छ । दुई वर्षको उमेर विस्तारले २५ प्रतिशतको लागतमा उनीहरूको सेवालाई सरकारले उपयोग गर्न पाउने भएकाले यो व्यवस्थालाई अगाडि बढाउन लागिएको हो ।

नेपालीहरूको औसत अपेक्षित आयुमा वृद्धि भएकाले यो निर्णय गर्नु उचित भएको मानिएको हो ।