नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, १ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने तथा पार्टीको स्थायी समितिको बैठक बोलाउने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक डायलासिस गरेर आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार डायलासिसपछि हाल निवासमै आराम गरिरहेका छन् ।
स्वास्थ्य समस्याका कारण आइतबार युवा संघले गर्ने प्रशिक्षण कार्यक्रममा समेत अनुपस्थित हुने भएका छन् ।