फरक मत राख्ने मात्रिका यादव प्रधानमन्त्रीको 'आँखाको तारो' बन्दा...
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्म ओलीले मन्त्रिमण्डलको हेरफेर गर्ने अन्तिम तयारी गरिरहेका छन् । यो सँगै पार्टीको मुख्य जिम्मेबारी सम्बन्धमा पनि महत्वपूर्ण निर्णय हुँदैछ ।
सरकार परिवर्तनमा उद्योगमन्त्री मात्रिका यादव बाहिरिने सम्भावना बढी छ । किनभने उनी पहिल्यैदेखि प्रधानमन्त्रीसँग नीतिगत र दुरगामी असर पार्ने काममा क्याबिनेटमा फरक मत राख्दै आएका थिए । उनले पटक पटक फरक मत राख्दै मौखिक राजीनामा समेत दिने गरेका थिए ।
सरकार र पार्टीलाई मुख्य नेतृत्वले स्वतन्त्र ढंगले चलाउने प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डबीचको सहमतिलाई कार्यान्वयन गर्दा मात्रिका यादव प्रधानमन्त्रीको हटाउने एक नम्बर मन्त्रीको सूचीमा परेको स्रोतको दावी छ ।
मात्रिका यादवलाई मन्त्रालयमा हुँदासम्म प्रधानमन्त्रीको हस्तक्षपका कारण काम गर्न नदिइएको चर्चा उद्योग मन्त्रालयमा ब्याप्त छ । मन्त्री यादवलाई लगानीको हिसाबले महत्वपूर्ण रुपले हेरिएको टर्की, चीन, संयुक्त अरब इमिरेट्स, भारतको बैंग्लोरमा भएका कार्यक्रमहरुमा जान दिइएन । उनको मन्त्रालयले निर्णय गरेका फाइलहरु मन्त्रीस्तरीय बैठकमा पठाइएन । नीतिगत र दूरगामी महत्वका निर्णयहरु गर्नै दिइएन ।
औषधि ब्यवस्था लिमिटेड र उदयपुर सिमेन्टरमा रिक्त रहेको सिइओ नियुक्तिमा पनि मन्त्री यादवलाई लामो समयसम्म काम गर्ने दिइएन । उद्योग मन्त्रालयमा प्रधानमन्त्री केपी ओलीले शासन नै चलाएको एक अधिकारीले बताए ।
कर्मचारी सरुवा, बढुवा गर्न मन्त्री यदवको अधिकार खोसियो । रुग्ण उद्योगका फाइल रोकिए । पेट्रोलियमको फाइल रोकियो । सरकार–टू–सरकार गर्ने काम रोकियो । आफुमाथि यस्तो व्यवहार भएपछि मात्रीकाले पहिल्यै पदबाट राजीनामा दिने निर्णय गरेका थिए । तर पटक पटक पार्टी अध्यक्ष प्रचण्डका कारणले नै मन्त्री यादवलाई राजीनामा दिन रोकेको स्रोत बताउँछ ।
तर, यातायातमन्त्री रघुवीर महासेठ जो सार्वजनिक नियम खरिद ऐन पटक पटक फेरबदल गर्दै आफु अनुकुल बनाएर भ्रष्टचारीको छवि बनाएका छन्, उनीप्रति भने प्रधनमन्त्रीको कुनै चासो भएन ।
उद्योग मन्त्रालय मातृका यादवको निर्णयमा चल्नु पर्नेमा मन्त्रालय अघोषित रुपमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालबाट चल्ने गरको श्रोतको दावी छ । प्रधानमन्त्री ओली मन्त्रीबाट रिपोर्टिङ लिनु पर्नेमा मन्त्रीलाई बाइपास गरेर सचिवबाट काम गर्थे । प्रायः सबै मन्त्रीहरुलाई रिमालले ओभरटेक गर्ने गरेको श्रोत बताउँछ ।
त्यसैको फलस्वरुप ओलीले राजनीतिक लिडरसिप भन्दा पनि प्राविधक र पूर्वाग्रही ढंगले मन्त्रिमण्डल पुनर्गठन गर्ने कोशिस गरिरहेका छन् ।
प्रतिक्रिया