एक लाख बढी आप्रवासी बालबालिका अमेरिकी हिरासतमा

एक लाख बढी आप्रवासी बालबालिका अमेरिकी हिरासतमा

काठमाडौ । विश्वभरि आप्रवासी मुद्दाका आधारमा हिरासतमा राखिएका बालबालिकाहरू मध्ये एक तिहाइ जति अमेरिकाले मात्र राखेको छ ।

विश्वभरि आप्रवासी मुद्दाका आधारमा कम्तीमा ३ लाख ३० हजार बालबालिका हिरासतमा राखिएका छन् । अमेरिकाले मात्रै एक तिहाइ बालबालिकालाई हिरासतमा राखेको संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी वकिल म्यानफ्रेड नोवकले जनाएका छन् ।

स्वतन्त्रताबाट बञ्चित बालबालिकासम्बन्धी राष्ट्रसंघको वैश्विक अध्ययनको नयाँ संस्करणका लेखक नोवकले गरेको अध्ययन अनुसार अमेरिकाले आफ्नो हिरासतमा १ लाख ३ हजारलाई बालबालिकालाई राखेको छ ।
यी बालबालिकाहरूमा तिनका परिवारलाई पक्राउ गरेका बेला उनीहरूसँग अलग पारिएका बालबालिकाहरू रहेका छन् ।

यसरी परिवारबाट अलग पारी राखेका बालबालिकाहरूको बारेमा सोधिएको प्रश्नको जवाफ अमेरिकी सरकारले दिएको छैन् । अमेरिकी हिरासतमा रहेका बालबालिकाहरूको संख्या विश्वसनीय आधारमा तयार पारिएको छ । एएफपी समाचार संस्था यो पुरानो संख्या भएको जनाएको छ ।

आप्रवासनसँग जोडिएका बालबालिकाहरूको हिरासतलाई कहिल्यै राम्रो मान्न नसकिने र सदैव विकल्प् उपलब्ध हुने गरेको नोवकले जेनेभामा पत्रकारहरूसँगको कुराकानीमा जनाए । अमेरिकाले सन् १९८९मा बाल अधिकारसम्बन्धी महासन्धीलाई अंगीकार गरेको भएपनि त्यसलाई प्रमाणीकरण गरेको छैन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको अमेरिकी सीमामा आप्रवासन रोक्न पक्राउ गरेका परिवारहरूसँग आएका बालबालिकाहरूलाई तिनका आमाबाबुसँग अलग गराइ हिरासतमा राख्न लगाएका हुन् ।
नोवाकले यो हर्कत बालबालिका र आमाबाबु विरूद्ध गरिएको अमानवीय व्यवाहार भएको बताए ।

फ्रान्सेली बालबालिकाहरू अझ इराक र सिरियामा रहेका छन् । इश्लामिक स्टेटसँग जोडिएर रहेका कम्तीमा २९ हजार बालबालिका सिरिया र इराकमा रहेका छन् । ती मध्ये ठूलो संख्या फ्रान्सेली नागरिकहरूको रहेको अध्ययनमा जनाइएको छ ।