नेकपा सचिवालय बैठकः पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा केपी ओलीलाई
काठमाडौं, ४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको बाँकी कार्यकाल निरन्तरता दिने निर्णय गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुंग्याएको छ । अध्यक्ष प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम भने यथावत नै छ। प्रवक्ता श्रेष्ठका अनुसार प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भएको हो ।
प्रतिक्रिया