मन्त्रिमण्डल पुनर्गठन भोलि हुने

काठमाडौं, ४ मंसिर । मन्त्रिमण्डल पुनर्गठन भोलि बिहीबार हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको नाम भोलि टुंग्याउने गरी आजको बैठक स्थगीत भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले बताए ।

यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए।

सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा हुने एक कार्यक्रममा सहभागी हुन गएका छन्।