पुटिन भन्छन् – अमेरिकाले नाकाबन्दी लगाएर आफ्नै खुट्टामा गोली हानेको छ” 

पुटिन भन्छन् – अमेरिकाले नाकाबन्दी लगाएर आफ्नै खुट्टामा गोली हानेको छ” 

काठमाडौ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमाथि आर्थिक नाकाबन्दी लगाएर अमेरिकाले आफ्नै खुट्टामा गोली हानेको बताएका छन् । लगानीकर्ताका लागि रूस सुरक्षिस्थान‘बुलेटपु्रफ’ बनेर आएको समाचारहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।

चीन र अमेरिका भन्दा बढी  आकर्षक ‘बन्ड’ रूसको भएको र लगानीकिर्ताहरू त्यसतर्फ आकर्षित हुने देखिएको छ । अमेरिकाले आर्थिक नाकाबन्दी लगाउँदा यस्तो होला भनेर सोचेको थिएन होला ।

रूसले क्रामियालाई फेरि मिलाएपछि अमेरिकाले आफ्ना सहयोगीहरूसँग मिलेर आर्थिक नाकाबन्दी लगाएको थियो । सन् २०१४ देखि युक्रेन रूसबीच्को द्वन्द्व चर्कियो । त्यसबेला आयात विस्थापन गर्ने वस्तुको विकास गर्न रूसलाई बाध्य पारियो ।

कृषि, औषधि, रक्षा लगायतका क्षेत्रमा आयात गर्नुपर्ने वस्तुको प्रतिस्थापनको विकास गर्न बाध्य पारेको बताउँदै पुटिनले मस्कोमा आयोजित कार्यक्रममा लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरे । आर्थिक तथा प्राविधिक सार्वभौमिकताका लागि रूसले गम्भीर पहल लिएको देखिएको छ ।

नाकाबन्दीबाट अर्बौ डलरको घाटा भएकोमा शंका नभएको बताउँदै पुटिनले सयौं अमेरिकी कम्पनीलाई रूससको मुनाफा दिने परियोजनाबाट यो प्रतिबन्धले बाहिर राखेको बताए । फोब्र्स म्याग्जिनले हालै एक समाचार सार्वजनिक गरेको छ । त्यस अनुसार अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले रूसमा लगानी गर्न सहमत देखिएका छन् ।

रूसी ‘बन्डहरू’ लिनै पर्ने भएर आएको जनाइएको छ । रूसका बन्डबारेमा भनिएको छ – सरी, हेटर्स, पुटिन्स सेक्युरिटिज मार्केट इज बेटर द्यान सीज बेटर द्यान ट्रम्प्स”

रूसको सन् २०२७ डलर बोन्डले ४.२५ प्रतिशत ब्याज दिन्छ । यो अमेरिकाको ट्रेजरीको १० वर्षे बन्ड भन्दा धेरै छ । अमेरिकाको बन्डले १.८ प्रतिशत ब्याज मात्र दिने फोब्र्सले उल्लेख गरेको छ ।