नयाँ मन्त्रीहरुको  पद तथा गोपनीयताको सपथ हुँदै

नयाँ मन्त्रीहरुको  पद तथा गोपनीयताको सपथ हुँदै

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ आज बिहीबार हुने भएको छ।

बुधबार मन्त्रिपरिषद् पुनर्गठनमा परेका नयाँ मन्त्री तथा राज्यमन्त्रीको आज ११ बजे सपथग्रहणको कार्यक्रम रहेको छ ।

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन्। पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नियुक्त भएका छन् ।
यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् ।