'तत्काल संघीय समाजवादीसँग एकता हुँदैन'
काठमाडौं, ६ मंसिर ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले तत्काल संघीय समाजवादीसँग एकता नगर्ने भएको छ ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताए ।
उनले भने 'देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ। आउने दिनमा यो शक्ति निर्माणको दिशामा अगाडि बढ्छ, उनले भने, तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन सक्दैन।'
प्रतिक्रिया