काठमाडौंको तापक्रम घट्यो

काठमाडौंको तापक्रम घट्यो

काठमाण्डौ, ७ मंसिर । काठमाण्डौको तापक्रम घटेकोछ । उपत्यकाको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको छ । 

शनिबार बिहान काठमाण्डौको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको कात्तिक १० गते काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । 

काठमाण्डौमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै डडेलधुराको तापक्रम बिहान हिजोकोभन्दा ४ डिग्री सेल्सियस घटेको छ । शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको तापक्रम शनिबार बिहान ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।