कारको ठक्करबाट संसद भवन अगाडी एकको मृत्यु

कारको ठक्करबाट संसद भवन अगाडी एकको मृत्यु

काठमाडौ, ८ मंसिर । नयाँ बानेश्वरको संसद भवन अगाडी कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  

सवा छ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि ती ब्यक्तिलाई करले ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ । बिहान सबेरै भएकाले सडकमा मान्छे त्यति धेरै थिएनन्। जोशीलाई ठक्कर दिएर गाडी भागेको र ती व्यक्तिको पहिचान खुल्ने नसकेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीका अनुसार अन्दाजी ५०–५५ बर्षका उनको घनास्थलमै मृत्यु भएको हो । 

प्रहरीले सो गाडी खोजि भइरहेको जनाएको छ ।