संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन: मन्त्री जम्कट्टेल
काठमाडौँ, ८ मंसिर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जाने पक्षमा आफु नरहेको बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए ।
मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कुनै कन्जुस्याईँ नगरेको बताए । ‘प्रदेश सरकारसँग टसल गरेर जाने पक्षमा प्रदेश ३ को सरकार छैन,’ मन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारलाई अधिकार दिलाउने गरी संघीय सरकारले आवश्यक कानुनहरुको निर्माण गरिरहेको छ ।’
प्रतिक्रिया