मन्त्री बास्कोटाको देउवालाई प्रश्नः अनि अहिले कहाँबाट यस्तो आरोप लगाउनुभयो ?
काठमाडौं, ८ मंसिर । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशभक्तिको बिषयमा सरकारको बोली नफेर्ने प्रतिउत्तर दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बराउने बताए। उनले भने,‘श्रीमान् शेरबहादुर देउवाजीलाई स्रपष्ट भन्न चाहन्छु, हाम्रो बोली लर्बरिन्न नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छ? प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन, यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ। टनकपुर सन्धि हामीले बिर्सेका छैनौं।’
उनले अघि भनेका छन,‘ प्रधानमन्त्रीज्यूले बोलाएको सर्वदलिय बैठकमा उहाँ (देउवा) ले खासै विमती राख्नुभएको थिएन। अनि अहिले कहाँबाट यस्तो आरोप लगाउनुभयो ?’
प्रतिक्रिया