प्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

प्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौं, १० मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सफलतापूर्व सम्पन्न भएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको अपरेशन सफलतापूर्वक सम्पन्न भएको अस्पतालका निर्देशक डा. अरुण सायमीले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा.सायमीका अनुसार प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ  भन्ने कुरा प्रधानमन्त्रीको ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्ने भएकाले अहिल्यै भन्न सकिने छैन । 

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् ।