अमेरिकी प्रत्यक्ष निर्देशनमा भेनेजुएलामा भिडन्त शुरू
सार्वभौम देशको सार्वभौमिकतामाथि खेलबाड गर्दै आएको अमेरिकाले भनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गराउन त्यहाँको सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप गराउन लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलगायतको गुरूयोजनामा राष्ट्रपति मदुरोलाई सत्ताच्युत गराई त्यहाँका स्वघोषित राष्ट्रपति जुआन गुआइदोसँग गुप्त मन्त्रणा गरी सीमावर्ती क्षेत्रमा उपद्रो मच्च्याइएको छ ।
उपद्रो चर्किएपछि अमेरिकाले मदुरो नेतृत्वको भेनेजुएलामा थप नाकाबन्दी लगाउने योजना बनाएको छ । टेलिफोनबाट भेनेजुएलामा अमेरिकी योजना अनुसार काम गर्न गुआइदोलाई अह्राएर द्वन्द्व चर्काउन लगाएका अमेरिकी उपराष्ट्रपति पेन्सले लिमा ग्रुपको सम्मेलनमा गुआइदोसँग प्रत्यक्ष भेटवार्ता गरी थप योजना बताउने अपेक्षा गरिएको छ । यो भेटपछि मदुरो सरकारमाथि थप नकाबन्दी लगाउन सकिने देखिएको छ ।
मदुरोलाई सत्ताच्युत गराउन सन् २०१७ मा लिमा ग्रुपको निर्माण भएको थियो । यो समूहले निर्वाचनबाट मदुरोलाई सत्ताच्युत गराउन नसक्ने देखेपछि त्यहाँ भएको निर्वाचनलाई केही प्रतिपक्षी समूहद्वारा बहिष्कार गर्न लगाएको थियो ।
गुआइदोले आफू राष्ट्रपति भएको भन्दै अमेरिकालगायतका देशसँग मानवीय सहायता अनुरूप राहतका सामान मगाउन लगाएका थिए । अमेरिकाले पठाएका सामान भेनेजुएलाको सीमासँग जोडिएको ब्राजिलको चेकनाकामा रोकिएको छ ।
गुआइदोले मगाएको राहतको सामानलाई देशभित्र प्रवेश गर्न नदिने गरी राष्ट्रपति मादुरोले रोक लगाएका केही पछि यो भिडन्त शुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भेनेजुएलाको सेनाले राष्ट्रपति मदुरोलाई सघाइरहेकोले अमेरिकी राष्ट्रपति ट्रम्पले ज्यान प्यारो भए मदुरोको साथ छोड भनी चेतावनी दिएका थिए ।
लोकतन्त्रमा निर्वाचन मुख्य कुरो भएको मान्दै आएको अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सम्पन्न निर्वाचनको परिणामको उपेक्षा गर्दै आफूखुशी चल्ने राष्ट्रपति भेनेजुएलामा थोपर्न चाहेका हुन् ।
दक्षिण अमेरिका र युरोपका अमेरिका पक्षीय देशहरूले प्रतिपक्षी नेता गुआइदोलाई साथ दिइरहेका छन् । कोलम्बियामा भएको कन्सर्टमा शुक्रबार अमेरिकी समर्थनमा कोलम्बियामा आयोजित सहयोग कन्सर्टमा सहभागी गुआइदो पुगेका थिए ।
गुआइदोलाई साथ दिएको भन्दै राष्ट्रपति मादुरोले बाध्य भएर कोलम्बियासँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरे ।
ब्राजिलसँगको सीमा क्षेत्रमा शनिबार भएको भिडन्तमा केही घाइते भएको र केहीको ज्यान गएको समाचारहरूमा जनाइएको छ ।
भेनेजुएलाका पक्षमा रूस, चीन र मेक्सिको लगायतका देशहरू रहेका छन् ।
प्रतिक्रिया