सन्धिखर्क बस दुर्घटना : १५को मृत्यु, १४ जना घाइते
अर्घाखाँचीमा भएको यात्रुवाहक बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका–७ घुम्ती र नरपानीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा भएको सो दुर्घटनामा परी १४ जना गम्भीर घाइते भएका पनि जानकारी दिइयो। मृत्यु हुनेमा १० पुरुष र ५ जना महिला रहेका छन्। मृतकको सनाखत भने हुन सकेको छैन ।
अनियन्त्रित भई बस सडकबाट करिब २०० मिटर तल खसेको थियो भने उक्त बस टुक्राटुक्रा परेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया