कुटनीतिक मिसन संख्याको शीर्षस्थानमा चीन
काठमाडौ । कुटनीतिक मिसनको संख्या अमेरिकाको भन्दा चीनको बढी भएको पाइएको छ । सिडनीस्थित लोभी इन्स्टिच्युटको अध्ययन अनुसार सन् २०१९मा कुटनीति मिसनको संख्याको आधारमा चीन पहिलो स्थानमा पुगेको छ । चीनको कुटनीतिक मिसनको संखया २७६ पुगेको छ ।अमेरिकाको यो संख्या २७३ रहेको छ । भारतको कुटनीतिक मिसनको संख्या १८६ रहेको छ । यो सूचीको १२औं स्थानमा भारत रहेको छ ।
सो अध्ययनका अनुसार चीनको प्रभाव दुनियामा बढेको र अन्य कतिपय देशहरूसँगको सम्बन्ध बलियो भएकोले यसमा बृद्धि भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी योजना द बेल्ट एन्डा रोड इन्सिएटिभबाट पनि चीनलाई कुटनीतिक विस्तार गर्न बाटो मिलेको देखिएको छ । चीनले अन्य देशहरूमा १६९ दूतावास,९६ वाणिज्य दूतावास , ८ स्थायी मिसन र ३ अन्य मिसन स्थापना गरेको छ ।
अमेरिकाले १६८ दूतावास, ८८ वाणिज्य दूतावास ९ स्थायी मिसन र ८ अन्य मिसन स्थापना गरेका छन् ।सन् २०१५मा अमेरिका र फ्रान्स पछि तेस्रो स्थानमा थियो । यसको एक वर्ष पछि चीनले फ्रान्सलाई उछिन्यो ।
यस सम्बन्धी कुनै रिपोर्ट २०१८मा सार्वजनिक गरिएको थिएन् । एसियाली देशहरूमा चीन र जापान पछिको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया