बुद्धको जन्मस्थलले एसियाली शताब्दीको संकेत गर्छ

बुद्धको जन्मस्थलले एसियाली शताब्दीको संकेत गर्छ

काठमाडौबाट दक्षिणपश्चिमस्थित लुम्बिनीसम्म उड्ने सबै विमानहरू हवाई लघुबस(एयर मिनिबस)हरू हुन्छन् । विमानले उडान भरेकै केही बेरमा श्वास थामिदै हिमालय भएको छेउतिर लहरैसँग पहाडहरू देखिन्छन् ।आधा घन्टा नपुग्दै यात्रुहरूले प्रचुर समथल देख्न सक्छन् ।गुगल नक्शाले लुम्बिनीबाट नयाँ दिल्लीको स्थल वाहनको दूरी करिब ८सय किलोमिटर दर्शाउँछ ।

करिब १५०० ईशा पूर्व, आर्यहरू मध्यएसियाबाट दक्षिण एसियामा आक्रमण गरी आजको गंगा नदी उपत्यकाका उपजाउ भूमिलाई कब्जा गरे । लुम्बिीनी यही क्षेत्रको किनारमा अवस्थित छ र यहीं करिब ५०० ईशा पूर्व बौद्धधर्म जन्मेको थियो । 
यात्रा निर्देशकले मलाई लुम्बिनीबाट भारतीय सीमा २० किलोमिटर भन्दा कम दूरीमा रहेको जनाए ।चीनमा बनेका धेरै देउताका मूर्तिहरू शहर वरिपरिका पसलहरूमा बेचिन्छन् । बौद्ध भिक्षुहरूको पहिरन पहिरिएका मानिसहरू  समय समायमा ओहोरदोहोर गरिरहन्छन् ।बुद्धको जन्मस्थलमा धेरै चिनियाँ पर्यटकहरूलाई हेर्न सकिन्छ ।

सन् २०००मा ५,१६० नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको तुलनामा सन् २०१८सम्म धेरै बढेर १५३,६०२ पुगेको छ । अनि लुम्बिनी उनीहरूका लागि एक प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । बेइजिङआधारित चीनको बौद्धमार्गी संघको पर्यवेक्षणमा बनेको पहिलो राष्ट्रिय स्तरको एक मन्दिरको रूपमा  २० वर्ष अघि बनेको झोङ हुआ चिनियाँ बौद्ध बिहार छ ।

२०औं शताब्दीको लामो समयसम्म विश्वमा विरलै सुनिने हाल भूराजनीतिक महत्वबोकेको सानो शहर नेपालको लुम्बिनीमा बुद्धप्रति सम्मान तथा समर्पण दर्शाउन भ्रमण गर्नेचीन, जापान, दक्षिण कोरिया र दक्षिणपूर्व एसियाली देशहरूबाट आउने बौद्धधर्मावलम्बीहरूको संख्यामा बृद्धि भइरहेको छ ।

सन् २०११मा दोहामा आधारित सञ्चार प्रतिष्ठान अल जजीरालेले चीनको अपुष्ट योजनाको उल्लेख गर्दै पूर्वी एसियाली देशले लुम्बिनीको पूर्वाधार विकासका लागि ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने खुलासा ग¥यो । १९ सेप्टेम्बर २०१३मा फ्रान्सको ले मोन्डेले चीन र भारतबीच लुम्बिनीमा नरम शक्तिको प्रतिस्पर्धा ध्वनिहीन रहेको भएपनि महायान तथा हीनयानसमेत गरी विश्वका विभिन्न ठाउँमा बस्ने ४० करोेड बौद्धमागीहरूको अगुवा बन्न यी दुईबीच हुने भीषण प्रतिस्पर्धाले निर्णय गर्ने उल्लेख गर्दै एक आलेख छापेको थियो ।

यात्रा पथप्रदर्शकले भारतको खोज र युरोपेली पुरातत्वविज्ञहरूको आधारमा भारतीय पक्षले अहिलेको भारतमा रहेको पिपरहवा शाक्यमुनि जन्मेको प्राचीन कपिलवस्तु शहर रहेको पुष्टि गरेको जानकारी दियो । यो कपिलवस्तु भारत नेपालसीमा रेखाको करिब १ किलोमिटर टाढा रहेको छ ।

यद्यपि आजको दिनमा नेपाल तिलौराकोट कपिलवस्तुको ऐतिहासिक स्थल रहेको पहिचान प्राप्त गरेको छ ।यसका अतिरिक्त ताङ वंश(६१८–९०७)का बेला ऐतिहासिक चिनियाँ बौद्ध भिक्षु झुआनझाङले आफ्नो कथनमा व्यक्त गरी उल्लेख गरेको नेपालमा पहिचान गरेको स्थल हो ।हालका वर्षमा यसबारे नयाँ तथ्यहरू फेला परेका छन् ।

शाक्यमुनि जीवित रहेको बेलामा फर्किदा यहाँ कुनैं सीमा रेखा थिएन् । उपनिवेशवादी बेलायती आक्रमणले  जनताको दिमागमा राष्ट्रको चिन्ह उल्लेख गरेका छन् जुन अझ धेरै एसियाली देशहरूमा हेर्न सकिन्छ । यहाँ लुम्बिनी धार्मिक स्थलका अतिरिक्त एक राजनीतिक स्थलको रूपमा परिचित हुन पुगेको छ । यसले आधुनिक समयको एसियालाई जान्न बुझ्न यसले महत्वपूर्ण सूत्रहरू दिन सक्छ ।

हिमाली पर्वत शृंखलाको फेदमा रहेको यो विश्व सम्पदाले भूमण्डलीकरणको उदयको बेला एसियामा हुने मानिस मानिसबीच हुने विनिमयका लागि  बिरलै बाधा उत्पन्न गराउन सक्छ । लुम्बिनीका जनताले विश्वमा भइरहेका बृहत परिवर्तनहरूको अनुभव गर्न सक्छन् । देख्न सकिने भविष्यमा रेलमार्ग तथा सडकमार्गले पहाडलाई चिरेर आउने र बुद्धधर्मको शुरू बिन्दुबाट नेपालभर रहेका बौद्धधर्म तीर्थस्थलहरूसम्म विस्तार हुने देखिन्छ ।

चीन नेपाल सीमा वारपार भइ  दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्र क्षेत्र सिगाजे भएर नेपालको राजधानी काठमाडौ पुग्ने रेलमार्गको काम निर्माणाधिन अवस्थामा छ ।ठीक यहि बेला भारत नेपाल सीमाबाट शुरूभइ काठमाडौ पुग्ने रेलमार्ग भारत सरकारको एजेन्डामा रहेको छ ।

विमानस्थलबाट गाउँ, खेत र रूखहरू भएर गइरहेका बेला सोचिरहेको थिए ः यी सबैको अर्थ नेपाल भएर दुई प्राचीन सभ्यताहरू जोडिन्छन भने के चीन र भारतले बुद्धधर्म जन्मस्थलमा हात मिलाउने हुनेछ । 
(लेखक  दिङगाङ  रेनिम युनिभर्सिटी अफ चाइनामा चोङयाङ इन्स्टिच्युट फर फिनान्सियल स्टडिजका बरिष्ठ विज्ञ तथा पिपुल्स डेलीका बरिष्ठ सम्पादक हुन् ।) दिङगाङको लेखको अनौपचारिक अनुवाद