'वार्ता घर' मा बाबुराम, मज्जाले हेरे महराको फोटो !
काठमाडौं, १२ मंसिर । १० वर्षे जनयुद्ध लडेको पार्टी त्यागेर नयाँ शक्ति हुँदै उपेन्द्र यादव नेतृत्वको पार्टीमा मिसिन पुगेका पूर्व प्रधनमन्त्री डा. बाबुराम भट्टराइले जनयुद्ध लडेका दिनहरु भने बिर्सेका छैनन् । नेता भट्टराइले दाङ जिल्लाको हापुरेमा भएको वार्ता स्मरण गरेका छन् ।
“वार्ता घर” को अवलोकन गर्दा आफुलाई रोमान्चक अनुभूति भएको उनले सामाजिक सञ्जालमार्फत ब्यक्त गरेका छन् । उनले लेखेका छन्,'२०६० श्रावण ३२-भाद्र २ सम्म शिवलाल खत्रीको घरमा माओवादी-सरकार वार्ता भएकाले घरको नाम नै “वार्ता घर” राखिएको रहेछ । वार्ता कोठामा कृष्णबहादुर महरा र मसंग खिचेको छुट्टाछुट्टै फोटो पनि टांगिएको रहेछ ।'
प्रतिक्रिया