शेयरबजार करेक्सन मुडमा 

शेयरबजार करेक्सन मुडमा 

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ४.६७ अंक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर आरालो लागेको नेप्से बुधबार बढेर बन्द भएको थियो। बजार बढेको मौकामा थोरै भएपनि नाफा बुक गरेकोले सामान्य करेक्सन देखिएको हो । 

कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । पुँजीबजार सुधारका कार्यक्रमहरु अक्षरस पालना नभइ लगानीमैत्री बातावरण बन्न नसक्दा आत्मबल कमजोर बन्न गएकोले शेयरबजारले गति लिन सकिरहेको छैन । 

बिहिबारको कारोबारमा हिमालयन डिष्टिलरी अग्र पङ्तीमा रहेको छ। कम्पनीले घोषणा गरेको १०२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन्। साथै, एनएमबी बैंक, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १ करोड नाघेको छ।

बिहिबारको कारोबारमा जीवन बीमा उपसमूह बाहेकका उपसूचक सवै घटेका छन् ।