फेसबुकका संस्थापक मार्ककै ‘कनफिडेन्सियल’ सूचना अनलाइनमा चुहियो

फेसबुकका संस्थापक मार्ककै ‘कनफिडेन्सियल’ सूचना अनलाइनमा चुहियो

केही समययता साह्रै विवादमा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्गकै ‘कनफिडेन्सियल’ अति गोप्य सूचनाहरू अनलाइनमा चुहिएको छ । उपभोक्ताका सुचनाहरूको व्यवहारसम्बन्धी फेसबुकका अति गोप्य गतिविधिसम्बन्धी दस्तावेज अनलाइनमा सार्वजनिक हुन पुगेको हो ।

फेसबुकका आन्तरिक गतिविधिका लागि प्रयोग गरिने सूचनामा मार्ककै कनफिडेन्सियल सूचनाहरू रहेको जनाइएको छ ।

६० पेजको त्यो सूचनामा फेसबुक र सिक्सफोर थ्रीबीचको मुद्दामामिला सम्बन्धी सूचना गिटहबले हालै सार्वजनिक ग¥यो । सन् २०१२ मा तयार पारिएको नीतिगत योजनाहरू रहेको जनाइएको छ ।

फेसबुकका अधिकारीहरूले यो विषय क्यालिफोर्निया अदालतले सिलबन्दी गरिदिएकाले यसबारे जानकारी दिन नसक्ने जनाएका छन् ।

फेसबुकका पूर्व उत्पादन प्रवन्ध निर्देशक अविचल गर्गले यो कुनै कम्पनीका लागि विपत्ति ल्याउने खालको अवस्था भएको बताए ।