महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित

दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल बलियो प्रतिद्वन्द्वी मानिएको भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा भर्खरै सकिएको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो।

पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको छ। पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल भएको थियो भने दोस्रो र तेस्रो सेटमा भने नेपालको फितलो प्रदर्शन भयो। पटकपटक अग्रता बनाएर पनि अन्तिममा सम्हालिन नसक्दा नेपालले पहिलो सेट २६–२४ ले गुमाउन पुगेको पुगेको थियो।

दोस्रो र तेस्रो सेटमा भारत पुर्णतः हाबी भएको थियो। दोस्रो सेटमा नेपाल २५–१२ ले पराजित भएको थियो भने तेस्रो सेटमा २५–१६ ले पराजित भएको थियो।

भलिबल प्रतियोगितामा नेपाल समूह ुएु मा छ। समूह ुएु मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह ुबीु मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।

पुरुष भलिबल टोलीले भने शुक्रवार भारतको सामना गर्नेछ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै शुरु गरिएको हो।