महोत्तरीको पिपरामा नेकपा उम्मेदवारको घरमा बिस्फोट
महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार विक्रम चौधरीको घरमा बम बिस्फोट भएको छ ।
बिस्फोटबाट कुनैपनि क्षति भएको भने छैन । उमेद्वार चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको हो। बिस्फोट कसले र किन गराएको हो भन्ने नखुलेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पिपरामा मंसिर १४ गते गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया