सूर्यको भन्दा ७० गुना ठूलो ब्ल्याक होल
काठमाडौ । चिनियाँ खोगलविज्ञहरूले सूर्यको भन्दा ७० गुना ठूलो ब्याक होल पत्ता लगाएका छन् । यो दैत्याकारको ब्ल्याकहोल पृथ्वी भन्दा १५ हजार प्रकाश वर्ष टाढा रहेको चीनको राष्ट्रिय खगोलीय पिण्ड अवलोकन प्रयोगशालाबाट पत्ता लागेको हो । यसको नाम एलबी वन दिइएको छ ।
यो ब्ल्याक होल तारा मण्डलको आकाश गंगा ‘ द मिल्की वे’मा पत्ता लागेको हो । वैज्ञानिकहरूका अनुसार यो ब्ल्याक होलले विद्यमान मोडलको तारा मण्डलको विकासका लागि चुनौती थपेको छ । अहिलेसम्म पृथ्वीको तारामण्डलमा सूर्यको भन्दा २० गुना भन्दा बढी ठूलो ब्ल्याक होल नरहेको अनुमान गरेका थिए ।
प्रतिक्रिया