द ग्लोबल हङ्गर इन्डेक्समा नेपाल भारत भन्दा धेरै राम्रो
काठमाडौ । वैश्विक भोका सूचकांक (द ग्लोबल हङ्गर इन्डेक्स) सूचीको वर्गीकृत समूहमा परेका दक्षिण एसियाली देशहरूमा सबैभन्दा राम्रो अवस्था नेपालको रहेको छ । यो सूचीको पहेलो रंग वा गम्भीर अवस्था जनाउने समूहमा अफगानिस्तान, बंगलादेश, भारत , नेपाल र पाकिस्तान रहेका छन् । द ग्लोबल हङ्गर इन्डेक्सको यो सूचीका लागि भोकाको परिभाषा गर्न चार आधार तय गरिएका छन् ।
११७ देशहरूको यो सूचीमा समावेश गरिएकाहरू देशहरूमा नेपालको स्थान ७३औं स्थानमा छ भने दक्षिण एसियाका सहभागी देशहरूमा श्रीलंका पहेलो घेरा बाहिर संयमित(मोडरेट) घेरा भित्र रहेको छ । गम्भीर अवस्थामा रहेका दक्षिण एसियाली देशहरूमा नेपाल संयमित र गम्भीर घेरा भित्रको सीमामा रहेको देखिन्छ । नेपालले १०० अंकमा २०.८ पाएको छ । अंक तल्लो श्रेणीमा हुँदा भोकाहरूको समस्या समाधानको दिशामा राम्रो भएको अर्थ लाग्ने विधि हो ।
भारतको स्थान १०२औं पुगेको छ । भारतको अवस्था अफगानिस्तान भन्दा राम्रो र पाकिस्तान भन्दा खराब रहेको छ । अफगानिस्तानले पाएको अंक ३३.८ हो । यो खतरनाक घेराको नजिक पुगेको अवस्था हो । खतरनाक घेरा वा अलार्मिङ घेरा ३५देखि शुरूभइ ४९.९सम्मलाई भनिएको छ । ५० वा सो भन्दा माथिका लागि अति खतरनाक(एक्स्ट्रिम अलार्मिङ) अवस्थामा रहेको मापदण्ड हो ।
अति खतरनाक अवस्था प्राप्त गर्नेमा सेन्ट्रल अफ्रिकन रिपब्लिकनले ५३.६ अंक प्राप्त गरेको छ । संयमित अवस्थाको घेरा १०देखि १९.९सम्म रहेको छ । न्यून अवस्था रहेको घेरा ९.९सम्मको रहेको छ । यो अध्ययनका लागि १९९८देखि २००० र त्यस यताका उपलब्ध आँकडाका संकलन गरिएको थियो । कतिपय देशमा यो आँकडा उपलब्ध नभएकाले त्यसबारे उल्लेख नगरिएको जनाइएको छ ।
चार आधारहरुमा क्यालरी नपुगेर कम पोषणको अवस्था मापन, पाँच वर्ष मुनिका बालबालिकामा हुने कुपोषण, बालबालिकाहरूमा हुने चरम कुपोषणको अवस्था, पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्यु दर रहेका छन् ।
यो अध्ययनमा सहभागी देशहरूका अध्ययन यी आधारमा तयार गरी सार्वजनिक गरिएको यो द ग्लोबल हङ्गर इन्डेक्स सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया