दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

दैलेख, १३ मंसिर । दैलेखको गुराँस गाउँपालिका–४ घोडावास नजिकै माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट दैलेख जाँदै गरेको गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृतकको सनाखत भएको छैन । शुक्रबार बिहान भएको दुर्घटनामा दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।