सिरहाको कल्याणपुर १२ मा नेकपा र सप्तरीको छिन्नमस्ता ७ मा राजपा बिजयी
सिरहा, १५ मंसीर । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेकपाका दिलिपकुमार यादव निर्वाचित भएका छन् ।
वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजपाका प्रदीपकुमार महतोलाई १७१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । निर्वाचित नेकपाका यादवले ८२५ मत प्राप्त गरे भने
राजपाका प्रदीपकुमार महतोले ६५४ र नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत ल्याएका छन् ।
कुल ३ हजार ४५० मतदातामध्ये हिजो भएको उपनिर्वाचनमा ७१ दशमलव ८८ प्रतिशत अर्थात २ हजार ४८० मतदाताले मतदान भएको थियो ।
२०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडाअध्यक्षमा राजपा नेपालकी प्रमिलादेवी यादव बिजयी भएकी छिन ।
वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवलाई ११ मत अन्तरले पराजित गर्दै राजपाकी प्रमिलादेवी यादव बिजयी भएकी हुन । निर्वाचित प्रमिलादेवीले ५१५ मत प्राप्त गरिन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाका अच्छेलालले ५०४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया