१३औं सागको उदघाटन आज साँझ
काठमाडौं ।दक्षिण एसियाली ७ देशका खेलाडीहरूको जमघटमा दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण नेपालको राजधानी काठमाडौं र राजधानी बहिरका पोखरा तथा जनकपुरमा आइतबार(आज)देखि शुरू हुन गइरहेको छ । आइतबार साँझ तीन घण्टा १४ मिनेटमा यसको उदघाटन हुने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनसँगै १३औं साग प्रारम्भ हुनेछ ।
दक्षिण एसियाली क्षेत्रका देशहरूका लागि यो खेलकुद मेला आआफ्नो सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसर पनि हो । त्यसैले उदघाटन समारोहलाई भव्य दर्शाउने गरी तयारीलाई मसिनो गरी अवलोकन गरिएको सरोकारवालाले जनाएका छन् ।
उदघाटन समारोहमा १५ हजार कलाकारले विभिन्न किसिमले आआफ्ना प्रस्तुति दर्शाउने कार्यक्रम रहेको छ ।
नेपालमा तेस्रो पटक यो आयोजना एसियाली खेलकुदको रूपमा भइरहेको छ । नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौ सन् १९९९ मा सम्पन्न भएको ८औं साफ हो । त्यसमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । त्यतिखेर नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।
भारतले सागका सबै संस्करणमा शीर्ष स्थान ओगटदै आएको छ । यस पटक पनि भारतको दबादबा कायम रहने कतिपय पर्यवेक्षकहरूको भनाइ रहेको छ । दक्षिण एसियाली क्षेत्रको खेलकुदमा प्रभावशाली देश भारतले भने यषे पटक त्यति चासो दिएको देखिएको छैन् । यो पटक भारतले कराँते, फुटबल र क्रिकेटजस्ता खेलमा सहभागिता जनाएको छैन । तर पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अवस्था रहेको देखिएको छैन । आयोजक टिम नेपालले भारत पछिको दोस्रो स्थानको विरासत कायम गर्ने विश्वास लिएको छ ।
नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ । नेपालपछि सबभन्दा ठूलो टिम श्रीलंकाको ५६४ छ भने भारतको ४८७ टोली तेस्रो ठूलो छ ।, बंगलादेशबाट ४७०, पाकिस्तानबाट २६६ र माल्दिभ्सबाट २१६ जना खेलाडी सहभागी हुन नेपाल आएका छन् । खेलाडीको सबभन्दा सानो टोली भुटान (११६) को रहेको छ । खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने जनाइएको छ ।
नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने जनाउँदै राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने जनाए ।
साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि २२ हजार सुरक्षाकर्मी परिचालन गरिएकोमा नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना रहने जनाइएको छ । पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् ।यसका अतिरिक्त राष्ट्रिय खेलकुद परिषद्ले हजारौं स्वयंसेवक खटाएको छ ।
प्रतिक्रिया